आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै पोखराबाट विदा भए हायू परिवार

काठमाडौं, १९ साउन ।  आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै हायू परिवार पोखराबाट बिदा भएका छन् ।हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो । उर्मिला हायूसहितको उनको १९ जनाको परिवारलाई प्रहरी समेतको राहेबरमा पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले बिदा गर्नुभएको हो । उनीहरू पोखरा–३ मा रहेको गगनगौंडामा रहेको गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका थिए । गोलन्जोर–६ स्थित आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति हुने भन्दै आफूहरू त्यहाँबाट हिँडेको उनीहरूले बताउँदै आएका छन् । कोही कसैलाई केही जानकारी नै नराई बाख्रा, भैसी समेत घरमै छाडेर उनीहरू सर्म्पकविहीन भएका थिए ।
पछि खोजी गर्दा उनीहरू पोखरामा भेटिएका थिए । आफ्नो घरमा नबस्ने बताएका हायुहरुलाई वडाध्यक्ष श्रेष्ठले अर्को घरमा राख्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १७ : ०७  बजे