काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३ हजार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको।चाँदी गत शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको थियो।
12
Shares
प्रतिक्रिया