काठमाडौं,३१ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै छ।
अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपालले शृङ्खलामा यसअघि खेलेका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट २७ अंक छ।
क्यानडाले यसअघि नेपाल र ओमानसँग पराजय बेहोरे पनि बिहीबार ओमानलाई हराएको थियो। त्यससँगै नेपालको शीर्ष ६ मा रहने स्थान तत्कालै सुरक्षित हुन सकेको छैन।
आजको खेलमा क्यानडालाई हराए नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गर्नेछ। तर, पराजित भएमा छैटौँ स्थानमा रहन नेपालले सोमबार हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।











प्रतिक्रिया