काठमाडौं, ३० असोज । चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त हुनुभएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
अध्यक्ष पदका लागि ११ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो।
पण्डित यसअघि चलचित्र विकास बोर्डमा बक्सअफिस प्रणाली लागू गर्ने प्रक्रियामा संलग्न हुनुहुन्थ्यो। बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्सअफिस सफ्टवेयर भित्र्याउन उहाँले भूमिका खेल्नुभएको थियो।











प्रतिक्रिया