काठमाडौं, ३० असोज । गृहमन्त्री सुधन गुरुङले प्रहरीको बर्दी नागरिकमा डर पैदा गर्ने नभई आशा, भरोसा र सुरक्षाको अनुभूति गराउने प्रतीक बन्नुपर्ने बताउनुभएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो। नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
गृहमन्त्री गुरुङले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।
साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्न आवश्यक रहेको उहाँले बताउनुभयो।
सही काम गर्ने प्रहरी कर्मचारीलाई सरकारले सधैँ साथ दिने उल्लेख गर्दै गृहमन्त्री गुरुङले गलत काम गर्नेहरूलाई भने संरक्षण नगरिने स्पष्ट पार्नुभयो।











प्रतिक्रिया