काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गर्नुभएको हो।
राष्ट्रपतिबाट जारी भएसँगै अध्यादेशमा व्यवस्था गरिएका प्रावधान लागू हुनेछन्।
यसैबीच, संघीय संसद्बाट पारित भएर आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।











प्रतिक्रिया