काठमाडौं, ३० असोज । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ मा रहेको प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार पूजा आराधना तथा दर्शन गर्न आउने भक्तजनको चहलपहल देखिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। विशेषगरी धार्मिक पर्व, चाडपर्व तथा बिदाका दिनमा यहाँ भक्तजनको भीड लाग्ने गर्दछ।
हिन्दू धर्मावलम्बीको प्रसिद्ध शक्तिपीठका रूपमा परिचित दक्षिणकाली मन्दिरमा देवीको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
















प्रतिक्रिया