काठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले विस्थापित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो।
ओलीले जनताको दुःख निवारण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आधारभूत आवश्यकता पूर्तिलाई प्राथमिकता दिएर मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।











प्रतिक्रिया