एमालेको नीति अनुसन्धान प्रतिष्ठान ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक

काठमाडौं, २९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक गर्नुभएको छ।

प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै नीतिगत बहस अघि बढाउनेछ।

नेपाली र अंग्रेजी भाषामा उपलब्ध वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री राखिएको छ। यसमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदनसमेत प्रकाशित छन्।

वेबसाइटमार्फत अनुसन्धानमा आधारित विचारलाई राजनीतिक बहसको मूल प्रवाहमा ल्याउने र एमालेलाई नीतिगत रूपमा बलियो बनाउने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १७ : ३५  बजे