सुनचाँदीको भाउ घट्ने क्रम रोकिएन, सुन तोलाको ११ सयले गिरावट

काठमाडौं, २९ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा बिहीबार पनि गिरावट जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ८८ हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार पाच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज प्रतितोला २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १६ : ४७  बजे