चार प्रदेशका केही ठाउँमा बिहानैदेखि वर्षा, बागमतीका केही ठाउँमा राति ठूलो पानी पर्ने

काठमाडौं, १६ साउन । गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएराति सर्लाही, सप्तरी र आसपासमा हल्का वर्षा भएको हो ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका धेरै ठाउँ तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति मधेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ०७ : ५६  बजे