काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित हुनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गर्नुभएको हो । कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा एकजनामात्र हालसम्म पदाधिकारीमा निर्वाचित हुनुभएको हो ।
शिवाकोटी विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सदस्य हुनुहुन्थ्यो । खतिवडा र शिवाकोटी दुवैले लोकप्रियताका आधारमा जित हासिल गर्नुभएको हो ।











प्रतिक्रिया