गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत आज भारत प्रस्थान गर्नुभएको छ । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उहाँ भारत प्रस्थान गर्नुभएको हो ।

भारतको नयाँ दिल्लीमा हुन लागेको छलफलमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ । गृहमन्त्री गुरुङले आफ्नो पहिलो विदेश भ्रमण पनि भारतबाटै गर्नुभएको हो । आगामी मंसिर ७ र ८ गते प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत जाने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १५ : ५९  बजे