प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राहुल गान्धी सर्वोच्च जाने

काठमाडौं, २६ असोज । लोकसभामा विपक्षी दलका नेता एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले सर्वोच्च अदालततिर मार्च गर्ने घोषणा गर्नुभएको छ । उहाँले सोमबार अदालततिर मार्चा गर्ने भएका छन् ।

‘विपक्षी दलहरू, नागरिक समाज संगठनहरू र साधारण नागरिकहरूले मत चोरी अन्त्य गर्ने, मतदाता नामावलीको विशेष गहन संशोधन तत्काल अन्त्य गर्ने र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै सर्वोच्च अदालततिर मार्च गर्नेछन्,’ उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

मार्चको क्रममा मत ​​चोरी अन्त्य गर्ने, एसआइआर प्रक्रिया अन्त्य गर्ने र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै भारतका प्रधान न्यायाधीशलाई ज्ञापनपत्र बुझाइनेछ । प्रधानन्यायाधीश सूर्यकान्तले भने राहुल गान्धीलाई नभेट्ने बताइसक्नुभएको छ ।

राहुल गान्धीले शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गर्न दिल्ली आएका युवाहरूलाई प्रहरी र भाजपा कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाउनुभयो । ‘प्रदर्शनकारीहरू घृणा वा क्रोधका साथ आएका थिएनन्, तर प्रेम र लोकतान्त्रिक मूल्यमान्यताका साथ आएका थिए,’ उहाँले लेख्नुभएको छ ।

गान्धीले पार्टी, जाति, धर्म, समुदाय, राज्य र लिंग पहिचानभन्दा माथि उठेर मार्चमा सामेल हुन मानिसहरूलाई अपील गर्नुभएको छ । शनिबारको विरोध प्रदर्शनमा गान्धीको दिल्लीमा अनुपस्थितिले उहाँको रणनीतिमाथि प्रश्न उठाएको कुरा उल्लेखनीय छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १५ : ४७  बजे