काठमाडौं, २३ असोज । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि आन्दोलन चर्काउने भएको छ । मतदाता नामावली हेरफेर गरेर सत्तारुढ बिजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सिजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो ।
सिजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । सिजेपीको विरोध प्रदर्शन हुनुभन्दा अगाडि दिल्लीमा सुरक्षा कडा पारिएको छ । सिजेपीले देशभरि आफ्ना १० हजार सदस्यहरूलाई हिरासतमा राखिएको दाबी गरेको छ ।
सिजेपीका अध्यक्ष अभिजित दिपकेले शनिबार जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा २० हजारभन्दा बढी प्रहरी र अर्धसैनिक बल तैनाथ गरिएको छ । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार विरोध प्रदर्शनका लागि अनुमति दिइएको छैन र निषेधात्मक आदेशहरू लागू भएका छन् ।
सिजेपी र धेरै विद्यार्थी संगठनहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् । मतदाता नामावलीको विशेष गहन संशोधनमा अनियमितताका कारण देशभरि लाखौं मतदाताहरू मेटिएको आरोप उनीहरूले लगाएका छन् ।
सिजेपीको आन्दोलन चर्केसँगै सत्तारुढ बिजेपी भने तनावमा परेको छ । कतै हिंसा भड्केमा नियन्त्रण लिन कठिनाइ हुने भन्दै सरकार दमन गर्न हच्केको छ ।











प्रतिक्रिया