काठमाडौं, २३ असोज । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि भाउ घटे पनि आज भने सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार ३९० मा कारोबार भएको चाँदी आज आज हजार ४०५ रुपैयाँ पुगेको छ ।











प्रतिक्रिया