काठमाडौं, २२ असोज । आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ । दुवै टोलीको समान २८ रेटिङ छ ।
नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । सूचीमा अन्य टोली यथावत् छन् । यसअघि नेपाल टी–२० विश्व वरीयतामा १३औं स्थानमा उक्लिएको थियो ।











प्रतिक्रिया