भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता

रौतहट २२ असोज । वीरगञ्ज महानगरपालिका–१६ घुसुकपुर (नगवा) का २५ वर्षीय प्रेमराज कुमार चौबे सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ । परिवारका अनुसार प्रेमराज बुधबार राति भारततर्फ जाने तयारीमा रहेको भन्दै घरबाट बाहिरिनुभएको थियो ।

घरबाट निस्किँदा उहाँले मोबाइल फोन भने घरमै छाडेको बताइएको छ । त्यसपछि उहाँ परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन । मोबाइल घरमै छाडेर निस्किनुभएको कारण उहाँको खोजीमा थप कठिनाइ भएको परिवारको भनाइ छ ।

घरबाट निस्किएपछि उहाँ कहाँ पुग्नुभयो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । प्रेमराजका बुवा राकेश कुमार चौबेले छोराको खोजीमा सहयोग गरिदिन आफन्त, स्थानीयवासी तथा भारततर्फ जाने–आउने सर्वसाधारणसँग आग्रह गर्नुभएको छ ।

प्रेमराजलाई कतै देखेमा वा उहाँको अवस्थाबारे कुनै जानकारी भए ९८४५९४७८२१ वा ९८११८८३४९४ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । बेपत्ता व्यक्तिको तस्बिरसहितको सूचना सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट व्यापक रूपमा फैलाउन सके खोजीमा सहयोग पुग्ने परिवारको अपेक्षा छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १४ : ४५  बजे