जुम्ला, २२ असोज । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ ।
प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले लिङ्गो तान्ने कार्यक्रमका अवसरमा जुम्लाभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको छ ।
चन्दननाथ र भैरवनाथ मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभएको छ ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । उक्त दिन जुम्लामा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमसमेत हुने गरेका छन् ।











प्रतिक्रिया