काठमाडौँ, १३ साउन । पछिल्लो साढे ३ महिनामा विपद्सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापक प्राधिकरणले वैशाखदेखि आजसम्म ११२ जनाको मृत्यु भएको हो।
यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जाएको छ। घटनामा ५३४ जना घाइते भएका छन् भने २० जना बेपत्ता रहेका छन्।
विपद्का घटनाबाट ४ हजार ५०४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा देशभरि पानी परेको र सबैभन्दा बढी कञ्चनपुरको पर्सिया केन्द्रमा ७९.६ मिलिमिटर पानी परेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया