काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् ।
देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘लामो सशस्त्र द्वन्द्व, ०७२ को महाभूकम्प, कोरोना, रुस र युक्रेसबीचको द्वन्द्वले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद मुलुकको आर्थिक स्थायित्व कायम गर्न हामी केन्द्रित छौँ ।’
उहाँले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस कटिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया