बुढानीलकण्ठमा न्यायिक सम्मेलन, सहभागी उपप्रमुख तथा उपाध्यक्षद्वारा मन्दिर दर्शन

काठमाडौं, १९ असोज । बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलनमा सहभागी हुन बुढानीलकण्ठ आएका विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले बुढानीलकण्ठ मन्दिरको दर्शन गरेका छन्।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा हुने सम्मेलनमा सहभागी जनप्रतिनिधिहरूले सोमबार बुढानीलकण्ठ मन्दिर पुगेर पूजा तथा दर्शन गरेका हुन्। उनीहरूलाई मन्दिर परिसरमा स्वागतसमेत गरिएको थियो।

स्थानीय तहमा न्यायिक समितिको काम, न्याय सम्पादनका अभ्यास, चुनौती तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा बागमती प्रदेशका विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको छ।

मन्दिर दर्शनका क्रममा सहभागीहरूले बुढानीलकण्ठ क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वबारे समेत जानकारी लिएका थिए। सम्मेलनले स्थानीय तहका न्यायिक समितिबीच समन्वय र अनुभव आदानप्रदानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  २० : ०१  बजे