विश्वकप लिग–२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप लिग–२ को अन्तिम सिरिज खेल्न ओमान पुगेको छ । ओमान र क्यानडासँगको यो सिरिजमा नेपालले चार खेल खेल्नेछ ।

पहिलो प्रतिस्पर्धा असोज २५ गते क्यानडाविरुद्ध हुनेछ । नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ । बाँकी चारै खेल जिते नेपालले आफ्नो अंक ३२ पुर्याउन सक्छ । तर शीर्ष चारमा पुग्न आफ्नै जितसँगै अन्य टोलीको नतिजाले पनि साथ दिनुपर्नेछ ।

लिग–२ का शीर्ष चार टोली सिधै विश्वकप छनोटमा पुग्छन् । पुछारका चार टोलीले भने छनोट प्लेअफ खेल्नुपर्छ । त्यसैले शीर्ष चारमा नपर्दैमा नेपालको विश्वकप यात्रा सकिँदैन ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १५ : १६  बजे