काठमाडौं, १६ असोज । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार खुम्चिएको छ । बिहीबार स्थिर रहेको नेप्से, आज भने घटेर बन्द भएको हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ । १३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार चार अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको एक करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को २६ करोड ५३ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ । साढे १५ करोड रुपैयाँबराबरको रिलायन्स स्पिनिङ मिल्सको सेयर किनबेच भएको छ । आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ । माण्डु हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ ।











प्रतिक्रिया