आश्वासन पूरा नभएपछि गाउँपालिका अध्यक्षको टोली प्रधानमन्त्री भेट्न पुग्यो

काठमाडौं, १२ साउन । पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा दिएको बचन प्रधानमन्त्री केपी ओलीले पूरा नगरेपछि पालिका अध्यक्षको टोली एमाले जिल्ला अध्यक्ष वोकेर प्रधानमन्त्री भेट्न पुगेको छ ।

२०८० माघ १७ गते हालका प्रधानमन्त्री ओलीले मेलम्ची भोताङ सडक र बाँसखर्क बरुवा याङ्री सडक कालोपत्रे गर्न बजेट ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही बिषय स्मरण गराउन २०८२ साउन १२ गते पालिका अध्यक्ष र एमाले सिन्धुपाल्चोकका अध्यक्षको टोली प्रधानमन्त्री भेट्न पुगेको हो ।
सो सडकहरुमा गत आर्थिक वर्षमा १( १ करोड बिनियोजन भएकोमा यस बर्ष बजेट बिनियोजन भएको छैन । ध्यानाकर्षण गराउने क्रममा पालिका अध्यक्ष टासी लामाले हजारौं जनताबीच गर्नु भएको प्रतिबद्धता पूरा नभएकोले जन दबाब थेग्न गाह्रो भएको बताए । साथै एमाले जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठले सो कुरा पूरा नभएकोले अहिले पाँचपोखरीमा पार्टी काम गराउन समस्या भएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले पाँचपोखरी लगायत केही स्थानमा प्राबिधिक कारणले छुटेकोमा श्रोत सुनिश्चित गर्ने वचन दिएको स्थानीय नेता निर्मल बञ्जराले जानकारी दिनुभयो । प्रधानमन्त्री भेट्न एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य, माधब प्रसाद पाण्डेलगायतको टोली पुगेको थियो ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  २२ : २२  बजे