कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज

सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

प्रदेश सभा सदस्यको निर्णय कार्यान्वयन नगर्न भन्दै शर्माले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज गर्दै प्रदेश सभा सदस्य पद रिक्त गरेको छ ।

शर्माले नेपाली कम्युनिस्ट पार्टीलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाली कम्युनिस्ट पार्टीले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत फागुनमा निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले उहाँको पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उहाँलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १६ : ५२  बजे