काठमाडौं, ६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताएको एक नेताले जानकारी दिनुभयो । उहाँले पार्टीमा विग्रह ल्याउने काम आफूले नगर्ने प्रष्ट्याउनुभयो ।
पोखरेलले भन्नुभयो,‘अध्यक्षले मैले हटाउने कुरा गरेको बुझ्नुभएछ । कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ । उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो । दूरी बढ्यो ।’ आजको बैठक पनि अध्यक्ष केपी शर्मा ओली आफैंले सञ्चालन गर्नुभएको छ ।
सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिनुभएको थियो । उहाँले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोक्नुभयो । तर, पदाधिकारीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्र कुरार् राख्नुभएको छ । अहिले केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार ३ मिनेटको समयसीमामा आफ्नो कुरा राखिरहनुभएको छ ।











प्रतिक्रिया