१४ वर्षमुनिको डाना कपको उपाधि नेपाली टोलीलाई

काठमाडौँ, १० साउन । १४ वर्षमुनिको डाना कपको उपाधि नेपाली टोलीले जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो।

हिजो भएको खेलमा केन्याको टोलीलाई ३–० ले हराउँदै नेपाली टोलीले उपाधि जितेको हो । फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए ।

त्यसअघि यूएईको आईएफए स्पोर्टसलाई ३–० ले पराजित गर्दै नेपाली टोली फाइनल पुगेको थियो ।

 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार  ०७ : १३  बजे