काठमाडौं, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले आह्वान गर्नुभएको बैठक भोली बिहान ११ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रवक्ता खरेलका अनुसार विपद्का समयमा राजनीतिक दलहरूबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ । सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।











प्रतिक्रिया