यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन, दोस्रोपटक एसिया कपमा छनोट

काठमाडौं, २७ भदौ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिबार मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमा अलआउट भएपछि नेपाल विजयी भएको हो ।

उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ ।

प्रकाशित मिति: २७ भदौ २०८३, शनिबार  १५ : २६  बजे