काठमाडौं, २६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको छ । उक्त छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालको सहभागिता रहेको छ ।
छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा सुस्त बनेको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायहरूबारे गहन कुराकानी भइरहेको छ ।
साथै, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रका मौजूदा चुनौती समाधान गर्ने र नयाँ लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाइएको छ ।











प्रतिक्रिया