काठमाडौं, ८ साउन । नेपाली सेनाले बाजुराको जीप दुर्घटनामा परी घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याएको छ । नेपाली सेनाका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ स्थित टुनिगडा इलाकामा बिहीबार किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी घाइते भएकाको उद्धारका लागि पश्चिम एयरवेश, सुर्खेतबाट खटिएको नेपाली सेनाको इक्युरल हेलिकोप्टरद्वारा प्राथमिकताका आधारमा पहिलो चरणमा चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइएको हो ।
नेपाली सेनाका अनुसार थप घाइतेलाई उपचारका लागि सुर्खेतसमम ल्याउने कार्यका लागि उक्त हेलिकोप्टर पुनः बाजुरास्थित तिथीचौरतर्फ प्रस्थान गरेको छ ।
प्रतिक्रिया