नेपालको पासपोर्ट फेरि कमजोर सूचीमा, सिंगापुरको सबैभन्दा शक्तिशाली

काठमाडौं, ७ साउन । नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५औं स्थानमा छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औं स्थानमा परेको हो।

नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया अन्तिममा अफगानिस्तान रहेका छन्। कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४औं, भारत ७७औं र माल्दिभ्स सबैभन्दा माथि ५३औं स्थानमा रहेको छ। त्यस्तै शक्तिशाली राहदानीको नम्बर १ मा सिंगापुर रहेको छ। त्यसपछि दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन्। त्यस्तै चौथो र्‍यांकमा अष्ट्रिया, बेल्जियम, लक्म्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्वीडेन रहेका छन्।त्यस्तै पाँचौं र्‍यांकमा ग्रिस, न्युजील्यान्ड, स्वीट्रजरल्यान्ड, छैटौंमा बेलायत, सातौंमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड रहेका छन्। त्यस्तै आठौंमा क्यानडा, इस्टोनिया, संयुक्त अरब इमिरेट्स, नवौंमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया र दसौंमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन्। यसअघि वर्ष पनि नेपालको पासपोर्ट कमजोर सूचीमै परेको थियो। द हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट निरन्तर कमजोरमा र्‍यांकमा पर्दै आएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  १७ : १९  बजे