बाढीमा क्षति पुगेका कम्पनीको कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई सेबोनको निर्देशन

काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर क्षतिग्रस्त सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्दै कारोबारलाई विशेष निगरानी गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

नेप्सेलाई सेबोनले भोटेकोसी नदी प्रणालीका आसपास सञ्चालनमा रहेका तथा निर्माणधीन विभिन्न जलविद्युत् आयोजना, सम्बन्धित प्रसारण संरचना तथा अरू भौतिक पूर्वाधारमा क्षति पुगेको भए विवरण सार्वजनिक गर्न भनेको छ ।

बाढी आएलगत्तै सेयर बजार निरन्तर घट्न थाले पनि यी कम्पनीको कारोबारमा नेप्सेलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ । बोर्डले पाँच निर्देशन दिँदै प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन भनेको छ ।

प्रभावित कम्पनीको विस्तृत विवरण सार्वजनिक गर्न भनिएको छ । प्रभावित कम्पनीको धितोपत्र कारोबारमा अस्वाभाविक मूल्य परिवर्तन, असमान्य खरिद–बिक्री आदिलाई विशेष निगरानीमा राख्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १३ : ४९  बजे