७७ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, ७ साउन । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षक(असई)हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत,राजन पाठक,दिपक गिरी,कुमार रोका,जनार्दन कोहार रहेका छन् । त्यस्तै भुप बहादुर बोहोरा,लाल बहादुर साउँद,गौतम पोखरेल लगायत रहेका छन् ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  २१ : ३७  बजे