काठमाडौं, २ भदौ । ग्यास अभावको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको छ ।
त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ग्यास अभावका कारण आफूहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा किन यति ढिलो ?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने ?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
ग्यासको अभावका कारण विद्यार्थीको दैनिक जीवन तथा पठनपाठनसमेत प्रभावित भएको भन्दै उनीहरूले समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।







प्रतिक्रिया