काठमाडौं, २ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय स्थल सेनाप्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री शाह र सेनाप्रमुख सेठबीच दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाप्रमुख सेठ चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउनुभएको हो । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।
नेपाल भ्रमणका क्रममा सेनाप्रमुख सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने सेठ अहिलेसम्मकै उच्चस्तरीय अधिकारी हुनुहुन्छ ।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सेनाप्रमुख सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया