विराटनगर, १ भदौ । नेकपावाट कोशी प्रदेश सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री जाने भएका छन् । जसमध्ये मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू रहनुभएको छ ।
जसअनुसार इलामकी लिम्बूको नेतृत्वमा मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताउनुभयो । नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको संयुक्त बैठकले पाँच मन्त्रीको नामको टुङ्गो लगाएको हो ।
नेकपा एमालेसँग भएको सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने टुङ्गो लागेको छ ।











प्रतिक्रिया