भलिबल लिग आउँदो भदौ १९ देखि हुने

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ।

आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको छ।

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ।

अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन्।

सहभागी टोलीको खेलतालिका भने सार्वजनिक हुन बाँकी रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार  ०८ : १३  बजे