काठमाडौं, ५ साउन । नेपाली कांग्रेस पार्टीभित्र शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद रहेको सांसद डाक्टर सुनिल कुमार शर्माले दाबी गर्नु भएको छ । आइतबार काठमाडौंमा पार्टीका सांसद तथा कोइराला पक्षधर नेताहरूसँगको भेटघाट पछि सञ्चारकर्मीहरूसँग बोल्दै मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले पार्टी भित्र ६० प्रतिशत सांसद शेखर कोइरालाको पक्षमा रहेको बताउनु भएको हो । शर्माले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउने बारे पनि छलफल भएको जिकीर गर्दै यद्यपि, यसको निष्कर्ष भने निस्कि नसकेको बताउनु भयो ।
अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको उहाँको भनाइ छ । ‘हाम्रा जति पनि साथीहरू केन्द्रीय स्तरमा वा प्रदेशस्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरूलाई फिर्ता बोलाउने भन्नेसम्म पनि जान सक्छ । त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ ।’ आजका मितिमा डा। शेखर कोइरालाले चाहँदा खेरी संसदीय दलमा सम्मानजनक अवस्था रहेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ । अहिले देश रोएको अवस्था छ ।’
सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी ुरिन्युु गरेको भन्दै वर्तमान सरकारले सुशासन दिन नसकेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउनु भयो ।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि सरकार परिवर्तनको चर्चा चुलिएको छ । यसले नेपाली राजनीतिमा थप हलचल ल्याउने सम्भावना देखिन्छ ।
प्रतिक्रिया