काठमाडौँ, २६ साउन ।नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन र चाँदी दुवैको मूल्य बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।











प्रतिक्रिया