पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता

काठमाडौं, ४ साउन । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बाच्नुभएको छ। वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएको यस क्षेत्रका खोलाहरूमा पनि बाढीको बहावले खतराको तह पार गरेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, आइतबार  ०८ : ५०  बजे