विद्या भण्डारीको सदस्यता नवीकरण स्थगित छः राजेन्द्र गौतम

काठमाडौं, ३ असार । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) अवस्थामा रहेको बताउनुभएको छ । पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने बताउनुभयो । ‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ’, उहाँले भन्नुभएको छ। भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताउनुभयो । ‘विभिन्न कोणबाट छलफल भएको छ । निष्कर्षमा पुगेको छैन । अर्को फोरममा निष्कर्षमा पुग्छौ’ उहाँले भन्नुभएको त , ‘स्वच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुन आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुन आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ ।’

प्रकाशित मिति: ४ श्रावण २०८२, शनिबार  २० : ५८  बजे