देश स्मार्ट छ रे !

दुईतिहाइको सरकार छ,
तर देश ‘लोडिङ…’ मा छ।

अर्थमन्त्री चिट्ठा बाँड्छन्,
गृहमन्त्री धम्की बाँड्छन्,
प्रधानमन्त्री आँसु बाँड्छन्—
जनताले चाहिँ
महँगी र निराशा बाँडिरहेका छन्।

‘निन्जा ग्याङ’ कहाँ गयो कुन्नी ?
देश बनाउने सपना देखाउनेहरू
आज कुर्सी बचाउन व्यस्त छन्।

स्मार्ट पासपोर्ट,
स्मार्ट लाइन,
स्मार्ट सरकार—
तर जनताको जिन्दगी
अझै बफरिङ…

शुक्रबारको ‘ह्याङओभर’
अब सातै दिन छ।

जनता प्रश्न गर्छन्,
सरकार स्टाटस हाल्छ।

जनता समाधान खोज्छन्,
सरकार कारण खोज्छ।

देश स्मार्ट भयो रे !

तर सिस्टमचाहिँ ह्याङ छ।

#व्यङ्ग्य #राजनीति #नेपाल #सिस्टम_ह्याङ

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ११ : २९  बजे