धनगढी, २१ साउन । सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पड्किदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार वनदेवी फायरिङ रेन्ज देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् ।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन् । दुवै जनालाई काठमाडौं ल्याएको छ तर उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।







प्रतिक्रिया