अमेरिकी राष्ट्रपति ट्रम्पलाई नशासम्बन्धी रोग, खुट्टाको तल्लो भागमा सुन्नियो

काठमाडौं, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई नशासम्बन्धी रोग लागेको छ ।

ह्वाइट हाउसले ट्रम्पलाई नसाको रोग लागेको बताएको छ, जसका कारण खुट्टा सुन्निएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निएको र दाहिने हातमा चोटका निशानहरू रहेको जानकारी दिनुभएको हो ।

प्रवक्ता लेभिटले पत्रकार सम्मेलनमा ट्रम्पका डाक्टरको पत्र पढेर सुनाइन् र दुवै रोग सामान्य भएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई भन्नुभयो,‘उहाँको खुट्टामा सुन्निने सामान्य नसाको रोगको कारणले हो र धेरै मानिसहरूसँग हात मिलाउँदा उहाँको हातमा चोट लागेको छ ।’

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १५ : १३  बजे