पोल्याण्डले अमेरिकालाई पराजित गर्दै जित्यो भिएनएलको उपाधि

काठमाडौं,  १८ साउन । साविक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग ९भिएनएल० २०२६ को उपाधि जितेको छ ।

चीनको निङ्गबोमा आइतबार राति भएको फाइनल खेलमा पोल्यान्डले अमेरिकालाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो ।पोल्यान्ड २–१ ले पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको छ । पोल्यान्डले सन् २०२३ मा घरेलु मैदानमै भएको पाँचौ संस्करणको भिएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो ।

साथै गत वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो । सन् २०१९ देखि शुरु भएको भिएनएलमा पोल्यान्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ । अमेरिकाले अहिलेसम्म चार पटक फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ०८ : १८  बजे