अमेरिकी डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्रा महँगिए

काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज सबैजसो विदेशी मुद्राको भाउ बढेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको हो।

विगत केही दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ निरन्तर घट्दै आएको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा निर्धारण थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  ०७ : ४५  बजे