रास्वपाको दोस्रो केन्द्रिय समिति बैठक जारी

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ । वनस्थलीस्थित केन्द्रिय कार्यालयमा सुरू भएको केन्द्रिय समिति बैठकमा सभापति रबि लामिछानेले समसमायिक राजनीतिक बिषयमा मन्तब्य दिएसँगै केन्द्रिय समिति बैठक सुरू भएको हो ।

आज देखी सुरू भएको बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने तय भइसकेको छ ।

जसमा केन्द्रिय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । चितवनमा हालै सम्पन्न महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १५ : ०२  बजे