तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, २ साउन । स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली फेरि अर्को विदेश भ्रमणमा जाने हुनुभएको छ ।

प्रधानमन्त्री ओली साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान लाग्नुभएको हो । भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुँदै छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको यो निकायको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अभाजा जाने हुनुभएको हो । प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियायाको भियनामा भएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १० : ०३  बजे